animated ellipse animated ellipse

हतियार लुकाई राखेको आरोपमा एक जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ कार्तिक २०७७, बिहीबार १९:४५
729
Shares
सुनसरी / सुनसरी भोक्राहा नरसिंह गाँउपालिका–७ बाट हतियार लुकाई राखेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाँउपालिका–७ का २३ बर्षीय टुमा सिंह यादव रहेका छन् । यादवले आफ्नो घरमा हतियार लुकाई राख्ने र स्थानीय मानिसहरुलाई ज्यान मार्ने धाकधम्की समेत दिने गरेको विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले यादवलाई नियन्त्रणमा लिएको हो ।

यादललाई नियन्त्रणमा लिए संगै उनको घर कम्पाउण्डमा खानतलासी गर्ने क्रममा शौचालयको सेफ्टी ट्याङकीको छेउमा कालो प्लाष्टिकको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा मेड इन इन्डिया लेखिएको पेस्तोल १ थान र २ राउण्ड गोली लोड गरीएको म्याग्जीन थान १ समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

पक्राउ परेका यादव उपर हातहतियार खरखजना मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर