पूर्वाञ्चल खबर
सरकारी बैंक लिमिटेडका प्रदेश १ को १८ औ बार्षिक साधारण सभाको पूर्व सन्ध्यामा प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । उनले बैंकले आर्थिक वर्ष २०७७ ÷०७८ मा ६६ अर्व ३४ करोड निक्षेप संकलन गरी ३५ अर्व ९१ करोड कजा प्रवाद गर्दै कूल ७१ अर्व ६८ करोड कारोवार गरेको बताए ।
वैंकले स्थानीय निकायमा रहेको सरकारीमार्फत ग्रामीण क्षेत्रका जनतालाई आय आर्जन तथा स्वरोजगार निर्माण गर्न मुख्य उद्देश्यले पुँजी वृद्धि तथा तरता कायम गर्न कार्य गरिरहेको प्रष्ट पारे ।
सञ्चालक समितिका सदस्य सरिता भट्टराईले स्थानीय निकायको सहयोगमा वैंकले सहकारीको मार्फत विपन्न जनताको ‘गरीवी न्यूनिकरण’ कार्यक्रम अन्तर्गत स्वदेशी र स्थानीय कच्चा पदार्थको प्रयोगले स्थानीय उत्पादनलाई खरीद गरी स्थानीय अर्थतन्त्र विकासमा सहयोग पु¥याउने उद्देश्यले कार्य अगाडि वढाइरहेको जानकारी दिए ।
बैंकका सूचना सदस्य डिल्ली पाखरेलले स्वास्थ्य मापदण्ड अपनाएर साधारण सभा गर्ने बताए । सभामा प्रदेशका दुई हजार २५७ सहकारी संस्थाको सहभागीता हुनेछ ।