animated ellipse animated ellipse

मोरङ क्षेत्र न.६ को विस्तारित भेला तथा स्वागत सम्मान कार्यक्रम सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ श्रावण २०८१, मंगलवार १७:२४
540
Shares
विराटनगर / नेकपा एमाले मोरङ क्षेत्र न.६ को क्षेत्रीय समन्वय समितिको विस्तारित भेला तथा स्वागत सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

आज विराटनगरमा क्षेत्रीय समन्वय समितिका संयोजक मकरबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भेलाले साउन मसान्तभित्र मोरङ निर्वाचन क्षेत्र न.६ भित्रका २० वटा वडामा सदस्यता नवीकरण तथा पार्टी प्रशिक्षण गर्ने निर्णय गरेको हो ।

भेलामा नेकपा एमाले प्रदेश सचिवालय सदस्य तथा क्षेत्र न.६ का इञ्चार्ज कृष्ण(पर्शुराम) बस्नेतले पार्टीलाई विधि तथा नीतिको माध्यमबाट सञ्चालन गर्ने अभ्यास अनुरूप भेलाको आयोजना गरिएको बताए।

बस्नेतले वडाबाट पार्टीको कामको थालनी गर्ने, वडाका नेताहरूको पृष्ठपोषण लिने कार्यले पार्टीलाई संस्थागत रूपमा बलियो बनाउने बताउँदै वडालाई बलियो बनाएर पार्टीलाई क्षेत्र न.६ मा सफल बनाउने बताए। उनले मिसन ०८४ सफल बनाउन वडा तहबाटै अभियान थाल्नुपर्ने धारणा व्यक्त गरे।

भेलामा एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले जिल्लाभर १६ हजार ५ सय पार्टी कार्यकर्ताको सदस्यता नवीकरण भर्इ सकेको जानकारी दिए। कार्कीले जिल्लामा एमालेका वडा कमिटीहरूले बलियो ढङ्गले पार्टीको काम गरेको बताए।

भेलामा एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले पार्टी निर्माणमा वडा कमिटीहरूले गरिरहेका गतिविधिले नै पार्टीको मिसन ०८४ सफल पार्ने धारणा व्यक्त गरे। खतिवडाले पार्टी विधान विपरित गरिने गतिविधिले पार्टीलाई कमजोर बनाउने र त्यस्ता कुरा मान्य नहुने तर्क राखे। खतिवडाले पार्टीभित्र हुने आलोचना, आत्मलोचना र कारबाही कसैलाई सक्न नभएर सपार्नलाई हो भन्ने बुझ्न निर्देशन दिए।

एमालेका केन्द्रीय कार्य समिति सदस्य रामलाल साहले सम्पूर्ण कार्यकर्ता पंक्ति सजहतासाथ पार्टी कार्यमा जुटेर पार्टीको राम्रो कामको प्रचार गरेमा मिसन ०८४ सफल हुने बताए ।

एमाले केन्द्रीय कार्य समिति सदस्य तथा मोरङका इञ्चार्ज जीवन घिमिरेले वडा कमिटीबाट आएका सुझावलाई जिल्ला कमिटीले मनन गर्ने बताउँदै सूर्य चिन्हबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका अपेक्षाबिच पुलको काम गर्ने संयन्त्र सक्रिय बनाउने बताए ।

त्यस्तै क्षेत्रीय समन्वय समितिकोे विस्तारित भेलामा एमालेको ३४ औँ सचिवालय बैठकबाट जिल्ला इञ्चार्जको जिम्मेवारी पाएका केन्द्रीय सदस्य जीवन घिमिरेलाई सम्मान गरेको छ साथै जिल्ला सङ्गठन समितिका पदाधिकारीलाई समेत सम्मान गरेको छ ।

कार्यक्रमको सञ्चालन गरेका एमाले विराटनगर महानगर समितिका सचिव रोहित कोइरालाका अनुसार भेलामा सुन्दरहरैँचा नगरपालिका, बुढीगङ्गा गाउँपालिका र विराटनगर महानगरपालिकाका २० वटा वडाका अध्यक्ष, सचिव तथा सोही स्थानीय तहका पार्टीका अध्यक्ष, सचिवले पार्टी कमिटीको विषयमा प्रस्तुती दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर