विराटनगर / निर्माण व्यवसायीहरुले विकास निर्माणमा गुणस्तरीय कार्य गर्नु पर्ने प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।
निर्माण व्यवसायी महासङ्घ प्रदेश १ को १४ं औं साधारण सभा एवं अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै सो कुरा बताएका हुन् । उनले सङ्घीयता स्थापना पछि मुलुकमा पूर्वाधार निर्माणको कार्यमा तिव्रता लिएको अवस्थामा व्यवसायीहरुले तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताए
पूर्वधार निर्माणमा व्यवसायीले गुणस्तरीय कार्य गर्नुपर्नेमा जोड दिर्दै मुख्यमन्त्री कार्कीले कार्य गर्दा आउने समस्या समाधानका लागि सरकार, निर्माण व्यवसायी र कामदार वीच समन्वय कायम गरी समाधान गर्ने बताए । उनले प्रदेश सरकार नीजि क्षेत्रसँग हालेमालो गरी समृद्धि कायम गर्न प्रतिवद्ध रहेको चर्चा गर्दै सङ्घीय सरकारले निर्माण व्यवसायका सम्वन्धमा बनाएको नीति केही त्रुटि भए त्यसलाई सच्चाउन पहल गर्ने विश्वास दिलाए ।साधारण सभामा प्रदेशका १४ जिल्लाका अध्यक्ष, प्रतिनिधि गरी सात सय जनाको सहभागिता रहेको छ ।
तपाईको प्रतिक्रिया