पोखरीमा डुबेर एक जनाको मृत्यु, सशस्त्र प्रहरीले निकालो शव

खबर पूर्वाञ्चल, १७ श्रावण २०७९, मंगलवार १६:१८
135
Shares
विराटनगर / विराटनगर १९ मा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जना युवाको मृत्यु भएको छ ।

विराटनगर १९ का ३० वर्षीय फुलूँ ऋषिदेव पोखरीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । ऋषिदेव साथीहरूसँग माछा मार्ने क्रममा सोमबार दिउँसो १० बजे बेपत्ता भएका थिए ।

बेपत्ता भएका ऋषिदेवको शव सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण कंकालिनी मोरङका सशस्त्र प्रहरी निरीक्षक दिवश न्यौपानेको कामाण्डका खटिएको विपद् तालिम प्राप्त १५ जनाको सशस्त्र प्रहरी टोलीले शव निकालेको थियो । सशस्त्र प्रहरीको तालिम प्राप्त प्रहरीले दुई घण्टा लगाएर बेपत्ता भएका ऋषिदेवको शव १ः५० बजे पोखरीबाट निकालेको सशस्त्र प्रहरी बल मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५