विराटनगर / भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशलाई बिकासलाई गति दिन संविधान संशोधन गर्नु आवश्यक रहेको बताएका छन् ।
आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन प्रणालीको कारण मुलुकको विकास निर्माण दु्रत गतिले आगाडि वढाउन निर्वाचन प्रणालीमा रहेका वाधा अडचन हटाउन संविधान संशोधन गर्न लागिएको बताए ।
मन्त्री दाहालले निर्वाचन प्रणाली सुधार गर्ने सन्दर्भमा विभिन्न महिलाहरु, विभिन्न जातजनजातिको प्रतिनिधित्व स्थानीय रुपमा निर्वाचित गरेर ल्याउने र समानुपातिको व्यवस्थित गर्ने सम्बन्धमा विभिन्न दलहरुवीच छलफल भइरहेको जानकारी दिए । उनले संविधान संशोधनबाट हिजो जनताले पाइरहेको अधिकार कुनै पनि हालमा नखोसिने दावी गरे ।
मन्त्री दाहालले भने, ‘संविधान संशोधनमा जनताले थप अधिकारहरु प्राप्त गर्ने छन् ’ । उनले नेपाललाई खाल्डाखुल्डी रहित बनाउने अभियानमा वर्तमान सरकार लागेको समेत बताए । उनले देश व्यापी रुपमा सङघीय मन्त्रालय अन्तर्गतका चार हजार पाँच सय किलोमिटर रोडहरुमा रहेका खाल्डा खुल्डी पुर्ने काम शुरु गरेको तर मौसमले अवरुद्ध गरेको बताए । उनले दशैंमा काठमाण्डौबाट आआफ्ना जिल्लामा जाने जनताहरु सहज होस भन्नका लागि यो कार्य भैरहेको बताए ।
मन्त्री दाहाल आज विराटनगरस्थित रेल्वे ,हुलाकी सडक, पुलको अवलोकन गर्ने कार्यक्रम रहेको छ।
तपाईको प्रतिक्रिया