शैक्षिक मेलाको पहिलो दिन विद्याथीहरूको उल्लेखिनय सहभागि रहेको छ । दुई दिनसम्म संचालन हुने मेलामा तीन हजार विद्यार्थीहरूले अवलोकन गरि भारतको नाम चलेका विश्व विद्यालयहरुको बारेमा जानकारी लिने अपेक्षा रहेको अफेयर्स नेपाल प्रालिका प्रवन्ध निर्देशक कुमार थपलियाले जानकारी दिए । मेलामा ‘स्टडी इन इन्डिया एक्स्पो’ शैक्षिक मेलामा भारतका नाम चलेका २० भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहेको छ । एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने द्धिविधा मेटाउन नाम चलेका विश्वविद्यालयहरूबाट आएका प्रतिनिधीहरुले दुई सयभन्दा बढी कोर्षहरूका बारेमा जानकारी प्रदान गरिदिनेछन् ।
नेपाली विद्यार्थी र अभिभावकहरूलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरिएको हो । शैक्षिक मेलामा विद्यार्थीहरूको रोजाइको विषय र भारतको नाम चलेका विश्वविद्यालयहरुको बारेमा जानकारी लिने अवसर एक्स्पोले गर्ने निर्देशक थपलिया बताए ।
शैक्षिक मेलामा नयाँ पाठ्याक्रमहरू, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पहरूका बारेमा विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी गराइने उनले बताए । ‘शैक्षिक मेलामा भारतका प्रतिष्ठित विश्वविद्यालयका पदाधिकारीहरूसँग विद्यार्थीहरूले प्रत्यक्ष कुराकानी र पढाइको विषयमा जानकारी लिनसक्नेछन,’ उनले भने, ‘स्थानिय स्थरमै भारतका प्रमुख विश्वविद्यालयहरूको जानकारी हासिल गर्न सक्ने गरी शैक्षिक मेला आयोजना गर्न लागेका हौं ।’ यस्तो शैक्षिक मेला अफेयर्स नेपाल काठमाण्डौंसहित देशका प्रमुख सहरहरू गर्दैछ । यसअघि काठमाण्डौं, बुटवललगायतको शहहरुमा सम्पन्न गरिसकेको छ ।
तपाईको प्रतिक्रिया