शिक्षादिप कलेजले शुरु गर्यो वैकिङ तथा वृतिय साक्षरता कार्यक्रम

खबर पूर्वाञ्चल, ६ श्रावण २०७९, शुक्रबार १६:४९
3.13k
Shares

विराटनगर / नियमित तथा फरक तरिका शिक्षा दिँदै आएको विराटनगरमा रहेको शिक्षादिप कलेजले वैकिङ तथा वृतिय साक्षरता कार्यक्रमको शुरु गरेको छ ।

कलेजले कलेजमा व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीलाई हप्तामा एक पटक पाठयक्रमान्दा अतिरिक्त कक्षा सञ्चालन गरेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले बताए । अतिरिक्त कक्षाले सिए, वैकिङ र लोकसेवालगायतका तयारीमा सहयोग पुग्ने प्रिन्सिपल खडकाले जानकारी दिए ।

पहिले सेसनमा वैकिङ तथा वृतिय सम्बन्धि निलम भट्टराई र शेलेन्द्र शिवाकोटीले सहजिकरण गरे भने दोस्रो सेसनमा सिए किञ्जन पोखरेलले चार्टर एकाउण्टेण्ड सम्बन्धि सहजिकरण गरेको को–अर्डिनेटर शंकर भट्टराई बताए । अहिले कक्षा १२ का करिव ३७० जना विद्यार्थी सहभागि रहेको कलेजले जनाएको छ ।

विद्यार्थीको वृति विकास सम्बन्धि कार्यक्रमलाई नियमितरुपमा सञ्चाल गरिने को–अर्डिनेटर भट्टराई जानकारी गराए । प्रत्येक शुक्रबार पाठउक्रम रहेको भन्दा अतिरिक्त कक्षा सञ्चालन भएको सायद विराटनगरमा पहिलो रहेको भट्टराईको भनाइ छ । पछि कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई पनि यो अरतरित्तः कक्षा सञ्चाल गरिले कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KP
GREDED
PABSON BRT
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५