RUMPUM
animated ellipse animated ellipse

सुशासनका लागि नैतिक शिक्षा कि प्रभावकारी कानुन विषयक वादविवाद हुँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ मंसिर २०८३, मंगलवार १६:०१
3
Shares
विराटनगर / चुडाकवी स्मृति प्रतिष्ठानले हरेक वर्ष गराउँदै आएको वादविवाद प्रतियोगिताको शिर्षक ‘सुशासनका लागि नैतिक शिक्षा कि प्रभावकारी कानुन रु’ रहने भएको छ । जिल्लास्तरीय प्रतियोगितालाई प्रदेशस्तरीय बनाएको प्रतिष्ठानले सूचना सार्वजनिक गर्दै प्रतियोगितामा सहभागिताका लागि आवेदन खुल्ला भएको जनाएको छ ।

पहिले आवेदन दिने ५१ विद्यालयका विद्यार्थीलाई प्राथमिकता दिइने जनाउँदै प्रतिष्ठानले पुष मसान्तसम्म आवेदन दिइसक्नुपर्ने उल्लेख गरेको छ । प्रतियोगितामा सहभागि गराउन विषय शिर्षक अनुसार पक्ष र विपक्षका लागि एक एक जना विद्यार्थी तयार गर्न सक्ने भन्दै प्रतिष्ठानकी महासचिव रिता न्यौपानेले प्रतियोगितामा भने गोला अनुसार एक जना (पक्ष वा विपक्ष) ले मात्र भाग लिन पाउने बताइन् ।

माघ १५ गते मोरङको बुढीगंगा– ३ नेमुवा स्थित स्मृति इङ्गिलस स्कुलको प्राङ्गणमा हुने प्रतियोगिताका निर्णायकहरुमा सिस्नुपानी नेपालका सचिव सरोज घिमिरे, लेखक तथा साहित्यकार सुविन भट्टराई र कस्तुरी कलेज सुनसरी कि निर्देशक भेषजा काफ्ले रहनेछन् । प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीले सहभागि हुन पाउने छन् ।

प्रतियोगितामा पक्ष–विपक्ष दुवै तर्फबाट प्रथम दित्तिय र तृतिय हुनेलाई पुरस्कार प्रदान गरिने छ । प्रथम हुनेले ५१–५१ हजार , दित्तिय हुनेले ३१–३१ हजार , तृतिय हुनेले २१–२१ हजार रुपैयाँ प्राप्त गर्ने प्रतिष्ठानकी महासचिव न्यौपानेले बताइन्। सामाजिक अभियन्ता चुडामणि न्यौपाने र कविता देवी न्यौपानेको स्मृतिमा स्थापित प्रतिष्ठानले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन, तार्किक क्षमता, नेतृत्वकला तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर