RUMPUM
animated ellipse animated ellipse

सशस्त्र प्रहरीद्धारा साढे दुई लाख बढीको अवैध सामान बरामद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ माघ २०७८, बुधबार १३:२३
279
Shares
विराटनगर / भारतदेखि अवैध रुपमा ल्याएको साढे २ लाख भन्दा बढी मुल्यको विभिन्न सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) दरैया विराटनगरले भन्सार छली गरेर ल्याएको २ लाख ५३ हजार ७ सय बराबरको विभिन्न सामाग्रीहरु बरामद गरेको हो ।

भन्सार छली गरि अवैध रुपमा ल्याएको लत्ताकपडा, खेलौना र इलेक्ट्रिक सामानहरु सशस्त्र प्रहरीको मोवाइल गस्ती टोलीले विराटनगर १६ दरैयास्थित सीमा नाकादेखि बरामद गरेको छ । प्रहरीले १ लाख १५ हजार ५ सय मुल्य बरावरको लत्ताकपडा र ८३ हजार बराबरको क्याट्रिनका अवैध सामन बरामद गरेको हो । सशस्त्र प्रहरीले बरामद गरेको सामानहरु आवश्यक कारवाहीको विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर