animated ellipse animated ellipse

संविधान दिवसको तयारी, कोशी प्रदेशमा ५ सय १ सदस्यीय मूल समित गठन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ भाद्र २०८१, बुधबार १८:४६
153
Shares
विराटनगर / कोशी प्रदेश सरकारले यस पटकको संविधान दिवस भव्यरुपमा मनाउने तयारी गरेको छ ।

५ सय १ सदस्यीय मूल समारोह समिति घोषणा गरी मनाउने तयारी थालेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले दिवसको तयारी थालेको हो ।

मुख्यमन्त्री कार्कीले यस पटकको संविधान दिवस भव्य र सृजनात्मक बनाउने गरी तयारी थालिएको बताए । उनले संविधान दिवसलाई जनतासँग जोड्ने सबै जातजाति धर्मसंस्कृति मान्ने सबैको सहभागिता हुने गरी दिवस मनाइने जानकारी दिए । उनले भने “हाम्रो देश विविधताले भरिपूर्ण छ ती सबै विविधताहरुको उजागर हुने र अपनत्व हुने गरी दिवसको तयारी छ । ” यस पटकको संविधान दिवसमा प्रतियोगितात्मक झाँकी प्रदर्शनी, वतृत्वकला प्रतियोगिता, निबन्ध प्रतियोगिता र मूल आयोजकले औपचारिक कार्यक्रम गर्ने तयारी छ ।

असोज २ गतेदेखि तीन दिनसम्म मनाउने दिवसमा सार्वजनिक सञ्चारमाध्यममार्फत संविधान प्रति अपनत्व जगाउने कार्यक्रमहरु पनि संचालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर