खबर पूर्वाञ्चल
उसले आज भएको फाइनल खेलमा अर्किड स्कुललाई ७ विकेटले पराजित गरि उपाधि जितेको हो । ९६ रनको लक्ष्य पछ्याएको सरस्वतीले १५ दशमलव ३ बलमा ३ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । सरस्वतीका दिगम्वर यादवले ३१ रन बनाउँदा प्लेयर अफ फाइनल क्रितिषा धामीले २२ रनको योगदान दिए । अर्किडका सुरज यादवले २ विकेट लिए । सरस्वती स्कुलबाट क्रितिषा धामी एक जना छात्रा खेलाडिले छात्रसँगै क्रिकेट खेल्ने मोरङ क्रिकेट इतिहासमा प्हलो खेलाडि भइन् ।
यस अघि टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरको खेलमा १८ दशमलव १ बलमा सवै विकेट गुमाई ९५ रन बनाएको थियो । अर्किडका लागि अभय कामतले सर्वाधिक ५१ रनको योगदान दिए । सरस्वतीका सुरज मण्डलले ४ विकेट लिँदा निरज यादवले ३ विकेट लिए ।
प्रतियोगिताको प्लेयर अफ द सिरिज सरस्वतीका विकाश कामत घाषित भए । त्यस्तै उत्कृष्ट ब्याटर सरुस्वतीका प्रशान्त यादव र उत्कुष्ट बलर अर्किडका प्रेम कामत भए । विजयी तथा अन्य खेलाडिलाई हिसान मोरङका पूवै अध्यक्ष राजेश कार्की, क्रिकेट एम्पायर सिरिस उपाध्याय र भास्कर अर्यालले पुरस्कार तथा ट्रफि वितरण गरे ।