AArya
RUMPUM
animated ellipse animated ellipse

कान्तिपुर कलेजले विपद् प्रभावितका लागि ५ लाख १ हजार १११ सहयोग गर्‍यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ भाद्र २०८३, बिहीबार १८:२७
18
Shares

विराटनगर /बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विराटनगरस्थित कान्तिपुर कलेजले ५ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको छ।

कलेजले बिहीबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। भोटेकोशी नदीमा आएको बाढी तथा रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत कलेज परिवारले रकम संकलन गरेको प्रिन्सिपल भुवन नेपालले जानकारी दिए।

विद्यार्थी, शिक्षक कर्मचारी , तथा कलेजका निर्देशकहरु बाट संकलित रकम हिसान र प्यव्सन मोरङ मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उनले बताए।

कार्यक्रममा हिसान केन्द्रीय सचिब राजेश कार्की,केन्द्रीय सह कोषाध्यक्ष शंकर भट्टराई,हिसान कोशी प्रदेश सचिव दिपेश वास्तोला,जिल्ला अध्यक्ष अमीत ढकाल,प्यव्सन बिराटनगर महानगर अध्यक्ष अर्जुन श्रेष्ठ तथा कान्तिपुर कलेजका निर्देशकहरु लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर