पूर्वाञ्चल खबर
विराटनगर–९ का खेमराज ढुङ्गानाको घरमा डेरा बस्दै आएका ५२ वर्षीय पुरुष आज बिहान मृत अवश्थामा भेटिएका हुन् । मृत भेटिएका पुरुषमा कोरोनासँग मिल्दो जुल्दा लक्षण देखिएको थियो ।
शुक्रबार उनले कोरोना जाँचका लागि कोशी अस्पतालमा स्वाब दिएका थिए । रिपोर्ट नआउँदै उनी सुतेको ठाउँमा मृत भेटिएका हुन् । उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । उनी औषधी कम्पनीको बजार प्रतिनिधिमा काम गर्छन् ।