ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्याब्सन नमुना बस्ति हस्तान्तरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ चैत्र २०७८, आईतवार २०:१४
234
Shares
विराटनगर / निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) ले सुनसरीको रामधुनी नगरपालीका– ८ स्थित बानडाँडामा निर्माण गरेको प्याब्सन नमुना बस्ति आज लाभग्राहीका लागि हस्तान्तरण गरिएको छ ।

२५ परिवारका लागि निर्माण गरिएका २५ घर आज औपचारिक कार्यक्रमका बिच प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले नमुना बस्तिको उद्घाटन गर्दै हस्तान्तरण गरे । घर नम्बर १ रामधुनी ८ मा नै बस्दै आएका २८ वर्षीय रञ्जित चौधरीलाई हस्तान्तरण गरिएको छ । विपन्न परिवारका चौधरी दुर्घटनामा परि शारिरिक रुपमा अशक्त भएक हुन भने स्पष्टसँग बोल्न समेत सक्दैनन । बैसाखीको सहारामा हिँडडुल गर्ने चौधरीका दुई छोराछोरी र एक श्रीमती रहेका छन् । उनले घर पाइरहँदा स्थानीयले भने खुशी ब्यक्त गरेका छन् । स्थानीय युवा दानबहादुर खुलालले उपयुक्त व्यक्तिले घर पाएको भन्दै खुशी ब्यक्त गरे । यस्तै बाँकी रहेका २४ घर हस्तान्तरणका लागि भने प्याब्सनले रामधुनी नगरपालिकालाई नै जिम्मा लगाएको छ ।

वास्तविक लक्षित वर्गलाई नै लाभ पुगोस भनेर स्थानीय सरकारलाई चाबी जिम्मा लगाइएको अध्यक्ष पुरीले बताए । उनले रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीलाई बस्तीको चाबी हस्तान्तरण गरे ।

२०७४ सालमा आएको वाढिपिडितका लागि भनेर बस्ति निर्माण जुटेपनि विभिन्न कारणले समयमा निर्माण सम्पन्न हुन नसकेको भन्दै प्याब्सनका अध्यक्ष टिकाराम पुरीले ढिलै भएपनि अठोट पुरा गरि बस्ति हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । ‘हामीले विभिन्न बाधा अड्चनका कारण समयमा गर्न सकेनौं, तर ढिलै भएपनि आज हस्तान्तरण भएको छ,’ उनले भने । सामाजिक उत्तरदायित्व बहन गर्दै प्याब्सनले नमुना बस्ति निर्माण गरेको अध्यक्ष पुरीले बताए ।

मेयर चौधरीले प्याब्सनले दिएको यो जिम्मेवारीलाई नगरपालिकाले न्याय गर्दै लक्षित वर्गलाई नै लाभ पुग्ने गरि वितरण गरिने प्रतिकृया दिए । रामधुनी ८ का वडाअध्यक्ष रुद्रबहादुर बस्नेतले प्याब्सनले निर्वाह गरेको यो भूमिकाले यस क्षेत्रका बाढीपिडितलाई ठूलो राहत पुग्ने विश्वास ब्यक्त गरे । उनका अनुसार पालिकाले उपलब्ध गराएको जग्गामा स्थानीय एक व्यक्तिले दाबी गर्दै उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेपछि निर्माणको काम दुई वर्ष रोकिएको थियो । तर मुद्दा पालिकाले जितेपछि पुनः निर्माणको काम आरम्भ भएको थियो ।

२०७४ सालमा आएको वाढि पहिरोवाट बिस्थापित भई घरबार बिहिन भएकाहरुको परिवारलाई लक्षित गर्दै बस्ति निर्माणको काम थालिएको थियो । रामधुनी नगरपालिकाले उपलब्ध गराएको जग्गामा बस्ति निर्माण गरिएको हो । उक्त बस्तिको २०७६ साल बैसाख २९ मा तत्कालिन शिक्षामन्त्री गिरिराजमणी पोखरेलले शिलन्यास गरेका थिए । तीन कोठा र शौचालयसहितको पक्कि घरमा छानो भने टिनको लगाइएको छ । भित्रबाट फल्स सिलिङ समेत लगाइएको उक्त घर चार जनाको परिवारका लागि उपयुक्त हुने बताइएको छ ।

प्याब्सनले डेढ करोडको लागतमा भौतिक संरचना निर्माण गरेको हो भने जग्गा दिने र माटो सम्याउने काम भने नगरपालिकाले गरेको हो ।

हस्तान्तरण गरिएको बस्ति निर्माणको ९० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको र बाँकी केहि काम पनि केहिदिन भित्रै सम्पन्न हुने प्याब्सनले जनाएको छ । प्याब्सनको महाधिबेशन यहि साता तय भएकाले अलि हतारमा बस्ति हस्तान्तरण गर्नुपरेको अध्यक्ष पुरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर