animated ellipse animated ellipse

विराटनगरमा सवै भन्दा बढी ९ मा ४२ जना कोराना संक्रमित, सबैभन्दा कम १६ र १८ मा १–१ जना संक्रमित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ श्रावण २०७७, सोमबार १२:०७
54
Shares
विराटनगर / विराटनगर महानगरपालिकाको सवै भन्दा बढी कोराना संक्रमित वडा नम्बर ९ मा ४२ जना संक्रमित रहेका छन् ।

समुदायस्तरमा कोरोना परिक्षण थालेसँगै आजसम्म विराटनगरमा २ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै वडा नम्बर ९ मा सवै भन्दा बढी ४२ संक्रमित रहेको हो । महानगरपालिकाले आजसम्म कुल ३ हजार ७ सय ३९ जनाको पिसिआर पद्धतिबाट कोरोना परिक्षण गर्दा सबैभन्दा बढी वडा नम्बर ९ मा देृएिको हो । जस्मा १३ जना महिला र २९ जना पुरुष रहेका छन् । यस वडाको केही क्षेत्रमा आइतबार रातीदेखि ७२ घण्टाकालागि सिल गरेको छ । वडा नम्बर ९ मा २ जनाको समेत ज्यान गएको छ ।

वडा नम्बर ९ पछि वडा नं १२ मा ४१ जनामा कोरोना संक्रमण देखिएको विराटनगर महानगरपालिकाको आधिकारिक तथ्याङकले पुष्टि गरेको छ । जसमा ६ जना महिला र ३५ जना पुरुष रहेका छन् ।

यस्तै महानगरका सबैभन्दा कम वडा नं १६ र १८ मा १/१ जना महिलामा कोरोना संक्रमण देखिएको छ । महानगरको तथ्याङक अनुसार विराटनगरको वडा नं १ मा १ महिला र २ पुरुष गरि ३ जना, वडा नं २ मा ९ महिला र ८ पुरुष गरि १७ जना, वडा नं. ३ मा ८ महिला र १० पुरुष गरि १८ जना, वडा नं ४ मा २ महिला र १० पुरुष गरि १२ जना, वडा नं. ५ मा ६ महिला र १४ पुरुष गरि २० जना तथा वडा नं. ६ मा ११ महिला र १५ पुरुष गरि कुल २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरि वडा नं. ७ मा ८ महिला र १४ पुरुष गरि २२ जना, वडा नं. ८ मा ४ महिला र ७ पुरुष गरि ११ जना। वडा नं. १० मा ६ महिला र ९ पुरुष गरि १५ जना, वडा नं. ११ मा ७ महिला र ९ पुरुष गरि १६ जना, वडा नं. १३ मा २ महिला र ७ पुरुष गरि ९ जना, वडा नं. १४ मा १ महिला र ५ पुरुष गरि ६ जना, वडा नं. १५ मा ५ महिला र ८ पुरुष गरि १३ जना तथा वडा नं. १७ मा २ महिला र ६ पुरुष गरि ८ जनामा कोरोना संक्रमण देखिएको विराटनगर महानगरपालिकाको आधिकारिक तथ्याङकले पुष्टि गरेको छ ।

१ जनाको वडा नखुलेको तथा संक्रमितहरु भने कम्तीमा १५ बर्षदेखि बढीमा ६० बर्ष उमेर समुहका रहेको महानगरले जनाएको छ । विराटनगरमा आजसम्म भने निको भई संक्रमणमुक्त हुनेको संख्या ४९ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर