पूर्वाञ्चल खबर
विराटनगरस्थित प्रदेशसभा हलमा शपथग्रहण गरिएको हो । शपथ लिनुभन्दा अगाडि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईलाई प्रदेश सभाध्यक्षका रुपमा शपथ गराइएको थियो । त्यसपछि सभाध्यक्षले अन्य ९२ जना सांसदलाई शपथ ग्रहण गराए ।
प्रदेश १ मा ९३ जना सांसद छन् । प्रदेशसभामा ५६ जना प्रत्यक्ष र ३७ जना समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका हुन् ।
मंसिर ४ गतेको निर्वाचनमार्फत प्रदेश १ मा नेकपा एमालेले ४०, नेपाली कांग्रेसले २९, नेकपा माओवादी केन्द्रले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले १ सिट प्राप्त गरेका छन् ।
सांसदहरुले शपथग्रहण गरेसँगै अब सरकार गठनका लागि छलफल हुने भएको छ । केन्द्रमा एमाले नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै अब यही गठबन्धनमा आबद्ध दलहरु मिलेर सरकार बनाउनेछन् ।
एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले गठबन्धनमा आबद्ध दलहरु मिलेर सरकार बनाउने उल्लेख गर्दै त्यसको नेतृत्व एमालेले गर्ने बताए ।