पूर्वाञ्चल खबर



राष्ट्रिय अपाङ्गता महासंघले आजसम्म खोज खबर नगरेको संजय थापाले जनकारी दिए । उनको अनुसार उनले धेरै पटक राष्ट्रिय अपाङ्गता महासंघका सरोकारवालाहरुसँग सम्पर्क गर्दा समेत वेवास्ता गरेको उनले बताए । संजय थापा शारीरीकरुपमा अपाङ्गता छन् । उनी जोगबनीबाट सामान ल्याउदै व्यापार गर्ने गर्दछन् । लकडाउन घोषणा भएसँगै उनको काम यो समय ठप्प छ ।
उनले भने अलिअलि भएको पैसा खाँदा, नानीहरुको स्कुलको बिल तिर्दा सकियो, समस्यामा परमा परे पछि सिडियो साहेवकोमा गए उहाँले वोसिम दाईको नम्बर दिनुभयो ।
हाल कोरोना भाइरसबाट सर्ने कोभिड १९ रोगको महामारीबाट विश्व आक्रान्त छ । जसको प्रत्यक्ष असर स्वरुप नेपालमा पनि संक्रमितको सख्या दिनानुुदिन बढ्दै गइरहेको छ यसै सन्दर्भमा सरकारले विगत २ महिना अघिदेखि राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ ।
युवा नेता वोसिम आलमको नेतृत्वमा विराटनगरमा खाना खुवाउने अभियानले दैनिक चार सय मानिसलाई निःशुल्क खाना खुवाउँदै आइरहेको छ ।
अभियानमा जोडिएका बीस जना युवाहरू बिहान–बेलुकाका लागि दुई समूहमा बाँडिएर निरन्तर खटिरहेका छन् ।