प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८६ पुग्दा मुलुकभर ५८४

खबर पूर्वाञ्चल, १० जेष्ठ २०७७, शनिबार १८:३५

विराटनगर / नेपालमा कोरोना भाईरस संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । आज ३६ जना नयाँ संक्रमित थपीएका छन् । आज बाँकेमा २७ जना नयाँ संक्रमित थपीएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार सेती अस्पतालमा ४ जना, कोशी अस्पतालमा झापाका १ जना ३३ वर्षका पुरूष, बैतडीका ४, बाँकेका २७, बर्दियाका १ र सुर्खेतमा ३ जनामा कोरोना पुष्टी भएको हो । झापामा १ जना थपीएसँगै प्रदेश १ मा संक्रमितको संख्या ८६ पुगेको छ ।

झापाको झापा गाउँपालिकास्थित डिल्लीराज माविको क्वारेन्टाइनमा बसेका पुरुषमा संक्रमण देखिएको छ । आज एक जनामा संक्रमण देखिएसँगै झापामा संक्रमितको संखया ३६ पुगेको छ । कोरोना भाईरसको संक्रमण झापाका ४ वटा स्थानीय तहमा देखिएको छ । यसअघि कचनकवलमा ३३ जना, दमक र बा¥हदशीमा १/१ जनामा संक्रमण देखिएको थियो ।

प्रदेश १ को उदयपुरमा ३३, धनकुटामा ७, मोरङमा ५, सुनसरीमा २, खोटाङ र भोजपुरमा १/१ जनामा संक्रमण देखिएको छ । प्रदेश १ बाट २६ जना डिस्चार्ज भएका छन् । देशभरी डिस्चार्ज हुनेको संख्या ७० पुगेकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५