animated ellipse animated ellipse

अनिल पोखरेलको ठगी प्रकरण : अदालतको फैसला प्रहरीमा पुग्यो, मोरङ प्रहरीले थाल्यो अनुसन्धान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ पुष २०८१, आईतवार १८:५१
459
Shares
विराटनगर/ ठगी गरी अपराधिक लाभ लिएको आरोप लागेको नेकपा एमाले मोरङका सदस्य अनिलकुमार पोखरेल विरुद्ध मोरङ प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

उच्च अदालत विराटनगरले पोखरेलविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडी बढाउन फैसाला गरेको पत्र आइतबार मोरङ प्रहरीले बुझेसँगै अनुसन्धान अगाडी बढेको हो ।

उच्च अदालतले गरेको फैसला लिएर अदालतका कर्मचारी आज दिउँसो मोरङ प्रहरीमा पुगेका थिए । प्रहरीमा जाहेरीकर्ता पीडित बौआलाल चौधरी पनि गएका थिए । प्रहरीले अदालतको फैसला बुझेसँगै अनुसन्धानको प्रक्रिया अगाडी बढेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले जानकारी दिए । ‘हामीसँग उच्च अदालतले गरेको फैसला आइपुगेको छ ,’ डिएसपी जोशीले भने, ‘घटना विषयमा अनुसन्धान सुरु भएको छ । हामीले पीडित सँग पनि कुरा भएको छ । ’

आज उच्च अदालत विराटनगरले पनि जिल्ला प्रहरी कार्यालयलाई फैसालको जानकारी गराएको छ । चलानी नम्बर ६४०७ को पत्रमार्फत अदालतले फैसलाको जानकारी प्रहरीलाई गराएको हो । ‘उपरोक्त विषयमा निवेदक बौआलाल चौधरी विपक्षी तहाँ कार्यालय समेत परमादेश रिट निवेदनमा मिति २०८१÷०५÷३१ मा भएको फैसलाको प्रमाणित प्रतिलिपि यसै पत्र साथ पठाइएको छ । अत्त ः आदेशानुसार गर्नुहुन अनुरोध छ ,’ अदालतले पठाएको पत्रमा उल्लेख छ ।

नेकपा एमालेका सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव समेत रहेका अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

वरिष्ठ कृषी प्रसाद अधिकृतबाट अवकास प्राप्त सप्तरी घर भएका बैआलाल चौधरीको छोरीलाई एमबीबीएसमा नाम निकालिदिने भनेर विश्वासमा पारी २०७१ देखि ०७३ का बीचमा पटकपटक गरेर ३८ लाख ८० हजार रुपैयाँ चेकमार्फत अनिलले पैसाँ लिएका थिए । सो रकम लिएपछि चेकको अर्धकट्टीमा हस्ताक्षर गरेर बैआलालको छोरीलाई नाम निकाल्ने जिम्मा लिएका थिए । पछि छोरीको नाम नस्किेपछि पैसाँ फिर्ता माग्दा उल्टै अनिलले २०७४ असार २५ गते आइतबारको मिति राखेर कपाली लिखतमा ऋणी बनाई ५० लाख रुपैयाँको कागज बनाएर जबरजस्ती हस्ताक्षर गराएका थिए । त्यसपछि बौआलाल ५० लाख ऋणको लिखत बदर गरी आफ्नो ३८ लाख ८० हजार रकम फिर्ता गराइदिन र अनिलमाथि कानुनी कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय रंगेली पुगे । प्रहरीले निवेदन दर्ता गर्न अस्वीकार ग¥यो । त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय मोरङ पुगे, त्यहाँ पनि जाहेरी दर्ता भएन ।

बौआलाल जिल्ला सरकारी वकिलको कार्यालय पुग्दा पनि जाहेरी दर्ताका लागि प्रहरीलाई आदेश दिइएन् । बौआलालले २०७९ साउन १८ मा जाहेरी हुलाकबाट प्रहरीलाई पठाए । प्रहरीले हुलाकबाट आएको पत्र बुझेपछि ठगीमा अनुसन्धान अगाडि बढाइएन । त्यसपछि बौआलाल अनिलमाथि ठगीमा अनुसन्धान गर्नका लागि प्रहरी र वकिल कार्यालयका नाममा परमादेश जारी गरिपाऊँ भनेर उच्च अदालत पुगेका हुन् ।

उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी वज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले भदौ ३१ गते अनिलविरुद्ध जाहेरी दर्ता गरी कानुन अनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको छ । आदेशको पुस ११ गते प्रमाणिकरण भएको छ । प्रमाणिकरण भएपछि अदालतले गरेको फैसलाको पूर्णपाठसहितको जानकारी प्रहरीमा पुगेपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर