ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कारबाट ७३ किलो गाजासहित तीन पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ भाद्र २०८१, आईतवार १६:२७
117
Shares
विराटनगर / इलाका प्रहरी कार्याल रानी विराटनगरले भारतीय नम्बर प्लेटको कारबाट लागुऔषध गाँजा बरामद भएको छ ।

कारमा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१८ बाट आज बिहान २ः३० बजेतिर ७२ किलोग्राम गाँजा बरामद भएको हो ।

रानीबाट भेडियारीतर्फ जाँदै गरेको डब्लूबी १६ यू १०७१ नम्बरको कारलाई इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले आईसीपी सडकखण्डबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले रोक्नासाथ कार ‘लक’ गरेर चालक फरार भएका थिए । कारलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा ठूलो परिमाणमा लागुऔषध गाँजा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । प्रहरीले तीन जनलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतको जोगवनीका ४० वर्षीय वैजनाथ रजक, १८ वर्षीय पप्पुकुमार रजक र आलोककुमार रजक रहेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तीनै जना गाँजा ‘रिसिभ’ गर्न आएको पत्ता लागेको छ । ‘प्रहरीलाई देख्नासाथ कार रोकेर ‘लक’ गर्दै चालक फरार भए । कारमा लोड गरेर ल्याइएको गाँजा ‘रिसिभ’ गर्न ३ जना भारतीय बसिरहेको पाइयो,’ एक प्रहरीले भने, ‘उनीहरुलाई तत्काल पक्राउ गरिएको छ । कार चालकको खोजी जारी छ ।’

तत्काल फेला नपरेको भए गाँजा भारत पुर्याउने योजना रहेको प्रहरीको भनाइ छ । नियन्त्रणमा लिइएको कारसहित बरामद भएको गाँजा र पक्राउ परेका ३ जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको डीएसपी बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर