animated ellipse animated ellipse

उखु उत्पादन वृद्धि एवं प्रवद्र्धनमा सहयोग गर्ने : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० मंसिर २०८१, सोमबार १८:०४
63
Shares
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा उखु उत्पादन वृद्धि एवं प्रवद्र्धनका लागि आवश्यक  सहयोग गर्ने बताएका छन् ।
नेपाल फार्मस एडभाइजरी काउन्सिल प्रालि सिनामङ्गल काठमाण्डौंद्वारा  आज  विराटनगरमा आयोजित उखु खेती प्रवद्र्धनको लागि कृषकहरुको सीपमुलक तथा आय अभिवृद्धि अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले उखुको उत्पादनमा वृद्धि, बजारीकरण र मूल्यका लागि आगामी तीन महिना भित्र कृषक,उखु मिल र सरकारबीच त्रिपक्षीय छलफल सहित निश्कर्ष निकाली सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले प्रदेशमा कृषि उत्पादन वृद्धिका लागि  कृषकले सिंचाईमा प्रयोग गर्ने विद्युत र मलखादमा आवश्यक अनुदान समेत दिने जानकारी दिए । उनले मुलुकमा रहेका उद्योगलाई आवश्यक पर्ने कृषि कच्चा पदार्थ  उत्पादन गर्न किसानलाई आग्रह गर्दै यसबाट आयात प्रतिस्थापनभै विदेशी मुद्रा बचत हुने बताए ।
मुख्यमन्त्री कार्कीले तराईमा छिटो उत्पादन भई प्रतिफल दिने उखु ,धान, सनपाट र मकैको उत्पादन प्रवद्र्धनका लागि आगामी वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम ल्याउनुका साथै बजेटको व्यवस्था गर्ने जानकारी दिए ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले कृषकले आफ्नो उत्पादनको मूल्य आफ्नौ निर्धारण गर्न पाएमा मात्र उत्पादन वृद्धि हुने बताए ।
प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले प्रदेशमा छ हजार हेक्टरमा उखुखेती हुनका साथै बार्षिक तीन लाख ५० हजार मेट्रिक टन उखु उत्पादन हुने जानकारी जानकारी दिए ।
मोरङका प्रम्ख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कृषकलाई सिंचाई, प्राविधिक ज्ञान, कृषि उत्पादनको उचित मूल्य निर्धारणमा गर्नु पर्ने सुझाव दिए ।
प्रदेश योजना आयोगका सदस्य सिताराम बस्नेतले उखु बालि नगदे भए पनि  किसानले समयमा भुक्तानी नपाएर समस्या हुने भएकोले समाधान गर्नु पर्ने बताए ।
दि नेपाल डिस्ट्रिलरिज प्रालि काठमाण्डौका प्रमुख अधिकृत जनकराज रेग्मी र पूर्व सचिव डा. योगेन्द्रक्मार कार्कीले स्वदेशी पूँजी विदेश जान नियन्त्रण गर्न,वैज्ञानिक खेती, उखु उत्पादनलाई आधुनिकीकरण गर्न  ,प्रविधिको प्रयोग,ज्ञान,मल, सिंचाई लगायत विषयमा किसानलई अभिमुखीकरण गर्नु कार्यक्रमको उद्देश्यले रहेको जानकारी दिए ।
एक दिने अभिमुखीकरण कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषदका वैज्ञानिक जगतबन्धु अर्यालयले खुट्टी बालीको महत्व तथा उन्नत व्यवस्थापन र मलखाद, डा. दिलराज यादवले  उखुका उत्कृष्ट जातहरु तथा उन्नत उत्पादन प्रविधि,  उखु बालीको प्रमुख रोग र कीराहरु तथा तीनको व्यवस्थापन र पूर्व सचिव डा. कार्कीले नेपालमा उखु खेतीको महत्व र सम्भावना विषयमा कृषकहरुलाई अभिमुखीकरण गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा मोरङ, झापा र सुनसरीका ४० जना उखु किसानहरुको सहभागिता रहेको छ।¬

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर