विराटनगर / विराटनगरमा कोरोना भाईरस संक्रमित देखिएसँगै लकडाउनमा कडाई गरिएको छ ।
आईतबार साँझ विराटनगरका १५ हडतालीहाटका ३५ वर्षे युवा र विराटनगर ६ का २९ वर्षे महिलामा कोरोना पुष्टि भएसँगै स्थानिय प्रशासनको निर्णयमा आजबाट लकडाउनमा कडाई गरिएको हो ।
कोरोना पछि सो दुई वडामा सोहि दिनदेखि सिलबन्दी गर्ने स्थानीय प्रशासनले निर्णय गरेर लागू गरिएको छ । विराटनगरको बसपार्कदेखि कंचनबारी एपोर्टसम्मका सडक सुनसान भए पनि सर्वसाधरणको लकडाउन उलंघन गर्ने क्रियाकलाप नहटेको डिउटीमा खटिएका एक सुरक्षाकर्मीले देखाए । उनको अनुसार कोहि अस्पतालको पुर्जी बोकेर हिँड्ने, कोहि धारा, टेलिफोनको बिल तिर्ने बाहानाले हिँडने गरेको पाईएको छ ।
लकडाउनको ५६ दिन आईपुग्दा र कोरोना भाईरसको प्रकोप दिनप्रतिदिन बढदा पनि मानिस अटेर नै रहेको उनले बताए । उनको अनुसार लकडाउन उलंघन गर्नेको सवारी नियन्त्रणमा लिएको ५ मिनेट हुँदैन छुटाइदिनका लागि फोन तारको तार आउने गरेको उनको गुनासो छ । उनले भने कहिलकाँही माथीबाट आएको सोर्सफोर्सले गर्दा हामी सडकमा खटिएर काम गर्नेको हौसला कमजोर हुने गर्दछ ।
बिहानदेखि नै विराटनगरका विभिन्न बजार क्षेत्र साथै भित्रि सडकमा बाक्लोरुपमा प्रहरी परिचालन गरिएको साथै चेकजाँचलाई तिव्रता दिईएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मानबहादुर राईले जनकारी दिए ।
प्रवक्ता राईका अनुसार स्वास्थ्यकर्मी र संचारकार्मीलाई मात्रै सडकमा निस्कन अनुमति दिइएको छ भने विराटनगरको विभिन्न क्षेत्र, जहाँ अत्यन्तै भिडभाड हुन्छ सो स्थानहरुमा सिल लगाईएको राईको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले आईतबार साँझ जारी गरेको विज्ञप्ति अनुसार अत्यावश्यक औषधि पसल, पानी र दुध पसल बाहेक अन्य क्रियाकलापहरु बन्द रहने जनाईएको छ । तस्वीरहरु पुष्पराज थपलिया
तपाईको प्रतिक्रिया