खबर पूर्वाञ्चल
आज पर्सामा एकै दिन थपिएका १७ जना कोरोना संक्रमितसँगै नेपालमा अहिलेसम्म भेटिएका संक्रमितमध्ये २ महिने शिशु सबैभन्दा साना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । नेपालमा यसअघि बाँकेको नेपालगञ्जमा ७ वर्षीय वालकलाई कोरोना पुष्टि भएको थियो ।
नेपालमा २ महिने शिशुदेखि ८१ वर्षीय वृद्धालाई पनि कोरोना देखिएको छ । काठमाडौंको पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएकी ८१ वर्षीया महिलामा पनि कोरोना देखिएको थियो । तर उनी पाटन अस्पतालमा उपचारपछि घर फिरिसकेकी छन् । त्यस्तै बागलुङकी ६५ वर्षीया महिला पनि कोरोनालाई जितेर घर फर्किसकेकी छन् । बाँकेका ७ वर्षीय बालकसहित २३ जनालाई भने हाल खजुरास्थित कोरोना विशेष अस्पतालमा राखेर उपचार थालिएको छ ।