animated ellipse animated ellipse

महानगरको आयोजनामा बालभेला सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ जेष्ठ २०८१, शुक्रबार १८:०६
45
Shares
विराटनगर / विराटनगर महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि बालभेला दसौं सुरु भएको छ ।

भेलाको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । १९ वटै वडाबाट बालबालिकाको प्रतिनिधित्व रहेको भेलालाई सम्बोधन गर्दैै मेयर कोइरालाले विराटनगर महानगरपालिकालाई बालमैत्री महानगर घोषणा गर्नका लागि तयारी भइरहेको बताए । उनले तत्कालीन गाउँ विकास समिति बुधनगर र झापा बैजनाथपुरलाई विराटनगरमा गाभेका कारण बालमैत्री महानगर बनाउन समस्या भएको उल्लेख गरे ।

उपहानगरपालिका हुँदा बालमैत्री नगर घोषणा गरिए पनि ग्रामीण क्षेत्रलाई समेटेर महानगरपालिका बनाएपछि घोषणामा समस्या देखिएको मेयर कोइरालाको भनाइ थियो । मेयर कोइरालाले बालबालिकाको हकहित र संरक्षणमा महानगरपालिका सधैं तयार रहेको प्रस्ट पारे । बाल क्बलले गर्ने राम्रो कार्यका लागि बजेटको अभाव हुन नदिने मेयर कोइरालाले प्रतिबद्धतासमेत जनाए । ‘तपाईं बालबालिकाहरूले राम्रो काम गर्नुहोस् । राम्रो काम गर्दा महानगरले बजेटको अभाव हुन दिँदैन,’ मेयर कोइरालाले भने, ‘रातो किताबमै उल्लेख नभए पनि बजेटको अभाव हुन दिँदैनौं ।’

कार्यक्रममा वडा नम्बर १ का अध्यक्षसमेत रहेका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले बाल क्लबले देखिने गरी कुनै कार्य गर्न नसकेको भन्दै गुनासो गरे । वडाले बजेट छुट्याउँदा पनि वडास्तरको बाल क्बले कुनै कार्यक्रम नगरेको उनको भनाइ थियो । ‘विगत एक वर्षदेखि बाल क्बल एकदमै निस्कृय भएको छ,’ बस्नेतले भने, ‘केही समस्या छन् भने भन्नुप¥यो नत्र भने क्लबलाई सक्रिय बनाउनु प¥यो ।’

महानगरको महिला बालबालिका शाखाकी प्रमुख मञ्जु लोहनीले महानगरलाई बालमैत्री नगर बनाउने गरी तयारी अगाडि बढाइएको जानकारी दिइन् । बालमैत्री नगर घोषणा गर्न आवश्यक पर्ने ५१ सूचकमध्ये केही सूचक पूरा गर्न अभियान नै सञ्चालन गर्नुपर्ने अवस्था देखिएको उनको भनाइ थियो । महानगर बाल क्बल सञ्जालका अध्यक्ष आदित्य झाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष वासुबहादुर बस्नेत, १५ का प्रकाश साह, १९ का श्याम घिमिरे, महानगर बाल क्बल सञ्चालका पूर्वअध्यक्ष गौतम मण्डल, क्लबकी उपाध्यक्ष दीक्षा आचार्यलगायतले शुभकामना व्यक्त गरे । शनिबारसम्म सञ्चालक हुने भेलाले नयाँ बाल क्लब सञ्जालको पुनर्गठनसमेत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर