पूर्वाञ्चल खबर
मारवाडी युवा मञ्च विराटनगरले मंगलबार राती विराटनगरमा गरेको होली उत्सवमा मोरङ व्यापार संघको पूर्व अध्यक्ष समेत रहेका जाजुलाई “महामूर्ख”को उपाधि दिएको हो ।
मञ्चले होलीको अवसरमा प्रत्येक वर्ष विराटनगरमा गर्ने फागोतसव कार्यक्रममा समाजका एक जना विशिष्ट व्यक्तिलाई “महामूर्ख”को उपाधि दिइन्छ ।
असंख्य मारवाडी समुदाय, अग्रज तथा मान्यजनकाविच जाजुले सहज रुपमा “महामूर्ख”को उपाधि स्वीकार गरे । मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष जय शर्मा र मञ्चका निवर्तमा अध्यक्ष गोपाल अग्रवालले जाजुलाई “महामूर्ख”को बिल्ला लगाएका थिए ।
अघिल्लो वर्षमा “महामूर्ख” चम्पालाल राठीले जाजुलाई “महामूर्ख”को पद हस्तान्तरण गरे । होली उत्सवमा विराटनगरमा जैन भवनमा आयोजित गरिएको थियो ।