AArya
RUMPUM
animated ellipse animated ellipse

अरनिको कलेजले गर्यो कक्षा १२ का विद्यार्थीलाई विदाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ चैत्र २०८१, शनिबार १८:२२
189
Shares
विराटनगर / विराटनगर – १० मा रहेको अरनिको आवसिय माविले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ ।

कलेजमा अध्ययनरत २४ औं ब्याचको विद्यार्थीहरुलाई विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी मायाँको चिनो प्रदान गरी विज्ञान संकायका ९ सय ३३ र होटेल मनेजमेन्टका ७५ गरि १ हजार ८ जना विद्यार्थीलाई विदाई गरेको हो ।

कार्यक्रममा कलेजका प्राचार्य राजेश कार्की, सस्थापक निर्देशकहरु डा. भविन्द्र निरौला, विकाश खनाल र प्रध्यापक विमल भट्टराईलगायतले विद्यार्थीलाई शुभकामना दिएर विदाई गरेको थिए । त्यस्तै कलेजका कक्षा १२ की आदिति गिरीले कलेजमा वितेका दुई वर्षको अनुभव सुनाएकी थिइन् ।

कार्यक्रममा विद्यार्थीले नृत्य, गायनलगायतका मनोरञ्जनका कार्यक्रम गरेका थिए ।

कलेज व्यवस्थापन समितीका अध्यक्ष लक्ष्मी अधिकारीको सभापतित्वमा कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर