विराटनगरमा दुई सहित प्रदेश १ मा १६ जनामा कोरोना संक्रमण पुष्टि

खबर पूर्वाञ्चल, १२ असार २०७७, शुक्रबार १७:२१

विराटनगर / विराटनगरमा दुई सहित प्रदेश १ मा आज १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५१९ पुगेको छ । संक्रमित मध्ये ३७६ जना उपचारपछि घर फर्किएका छन् ।

विराटनगर महानगरपालिका दुईसहित झापामा ४ र सुनसरीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६ जना महिला छन् ।

विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार विराटनगर– ६ मा श्रीमान–श्रीमतीमा कोरोना संक्रमण देखिएको बताए । ३१ वर्षीय श्रीमान र २१ वर्षीय श्रीमती भारतको नयाँ दिल्लीबाट नेपाल फर्किएका थिए ।

झापाको दमक नगरपालिकामा १ जना महिला र दुईजना पुरुष, मेचीनगरमा १ जना पुरुषमा संक्रमण देखिएको छ । सुनसरीको कोशी गाउँपालिकामा ३ महिलासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देवानगञ्ज गाउँपालिकामा १ महिला र १ पुरुषमा संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५