AArya
RUMPUM
animated ellipse animated ellipse

चाइल्ड केयरका संचालक वहु विवाह आरोपमा पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० चैत्र २०८१, बुधबार २१:३२
1.66k
Shares
सप्तरी / सुनसरीको इटहरी नगरपालिका– ५ मा संचालित ह्यापीलैण्ड चाइल्ड केयरका संचालक वहुविवाह आरोपमा पक्राउ परेका छन् ।

केयरका संचालक ममताकुमारी चौधरी (देव) उनले श्रीमान दाबी गर्दै आएका शैलेसकुमार देव वहु विवाह आरोपमा पक्राउ परेका हुन ।
अघिल्लो श्रीमतीको उजुरीको आधारमा प्रहरीले दुबै जनालाई इटहरीस्थित चाइल्ड केयर सेन्टरबाट पक्राउ गरेको थियो ।

दुबैमाथि थप अनुसन्धानका आज सप्तरी जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ । अर्को श्रीमती भएकै अवस्थामा देवले ममतासँग दोस्रो विवाह गरेको आरोप लगाइएको छ ।

सप्तरी प्रहरीका अनुसार वहु विवाह अभियोगमा उनीहरुमाथि अनुसन्धान थालिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले अनुसन्धानपछि दुबैमाथि वहु विवाह मुद्दा चल्ने नचल्ने तय हुने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर