animated ellipse animated ellipse

एमसिसी मिल्स कप क्रिकेटको अन्तिम चारमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ फाल्गुन २०७८, बिहीबार १६:२७
468
Shares
पुष्पराज थपलिया
विराटनगर / एमसिसी ‘ए’ क्रिकेट क्बल विराटनगर विराटनगरमा जारी इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगितामा अन्तिम चारमा प्रवेश गरेको छ ।

मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटको खेल मैदानमा आज भएको खेलमा एमसिसी ‘ए’ ले होराइजन क्रिकेट क्बल विराटनगरलाई २ विकेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

जवाफमा १ सय २९ रनको विजय लक्ष्य पछ्याएको एमसिसी ‘ए’ ले १६ दशमलव ५ बलमा ८ विकेटको नोक्सानीमा सो लक्ष्य पुरा गरेको थियो । एमसीसी ‘ए’ का निशान्त कुमारले ४४ रन बनाउँदा म्यान अफ म्याच हासिम अन्सारीले ३८ रन जोडे ।

होराइजनका दिपेश कँडेलले ४ विकेट लिँदा फिरदोस अन्सारीले २ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित २० ओभरको खेलमा १७ दशमलव ५ बलमा सबै विकेट गुमाई १ सय २८ रनको सामान्य योगफल खडा गरेको थियो । होराइजन मिनस थापाले ३२ बलमा ५१ रन बनाउँदा चिराग साहले २० रन जोडे । एमसीसी ए का मल्ली चौधरी, अरनीको यादव, मेभुव आलम र भुलाकन सहनीले समान २÷२ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर