खबर पूर्वाञ्चल
डोल्पाका जगदुल्ला गाँउपालिका–३ का ५८ वषीर्य पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।उनी जेठ १८ गते नेपालगञ्ज,सुर्खेत,जुम्ला हुँदै डाल्पा पुगेका थिए । डाल्पामा आरडीटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको जगदल्ला गाँउपालिकाका अध्यक्ष नारासिं रोकायले जानकारी दिए ।
उनको २० गते निधन भयो । उनी लामो समयदेखि दमको रोगले पीडित थिए । निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारी पुष्टि गरे ।