RUMPUM
animated ellipse animated ellipse

सिंहले एक मधेशको गरेनन् कहिले कुरा तराई विग्रह भए भारतमा समस्या

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० माघ २०८०, बुधबार २०:०६
270
Shares
विराटनगर / नेपाल सद्भावना पार्टीका संस्थापक स्व. गजेन्द्रनायाराण सिंहले पहाडी र मधेशी समूदायबीचको भाइचारा र एकतामा महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनै सिंहको २२ औं स्मृति दिवस विराटनगरमा धुमधामकासाथ मनाइएको छ । सद्भावना पार्टीका पूर्व जिल्ला अध्यक्ष माधवप्रसाद राजवंशीको संयोजकत्वमा विराटनगर–९ स्थित जानकी सेवा सदनमा स्वं. सिंहको तस्वीरमा श्रद्धा सुमन अपर्ण गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सद्भावना मञ्चका अध्यक्ष एवं एकिकृत राष्ट्रिय संघर्ष समितिका सल्लाहकार पूर्व मन्त्री बद्रीप्रसाद मण्डलले सिंह राष्ट्रवादी, प्रजातन्त्रवादी र मधेशवादी भएको बताए ।

मण्डलले सिंहले कहिलेपनि काखापाखा नगरेको बताए । सिंह संस्थापक भएको पार्टीको विधानमा कुनै किसिमको साम्प्रदायिकता, जातियता र क्षेत्रीयता नपाइने र सम्पूर्ण राष्ट्रलाई नै नीतिमा अङ्गिकार गरेको मण्डलले बताए । मधेशलाई आजका केहि नेताले अर्कै देश बनाउने, एक मधेश एक प्रदेश बनाउने भन्ने जस्ता जनता झुक्याउने नारा बोकेर कहिलेपनि सिंह नहिँडेको पूर्व मन्त्री मण्डलको कथन थियो ।

उनले सिंह प्रजातन्त्र र संवैधानिक राजतन्त्रको पक्षकार रहेको बताए । पार्टीलाई मात्र मधेशीका पार्टीको रूपमा मात्र सिमित नगराई राजनीतिक र आर्थिक शोषणमा परेका समग्र पिछडिएका वर्ग, जाती, भुभाग र समूदायहरूको आवाजलाई नेता सिंहले उठान गरेको बताए । उनले सिंहको कार्यकालमा मधेशी र पहाडीबीच कुनै प्रकारको दुर्भावना नरहेको स्पष्ट पारे । उनले तराईमा विग्रह भए भारतको शान्ति र स्थायीत्वमा असर पर्ने बताए ।

संयोजक राजवंशीले राज्यले नेता सिंहको कदर गरेको बताए । उनले हुलाक टिकटमा सिंहको फोटो अंकित गरिएको, सगरमाथा अस्पतालमा सिंहको नाम जोडेर राज्यले उच्च सम्मान गरेको बताए । उनले मधेशका नेताले सिंहको विचारलाई आत्मसात गरे नेपाल र नेपालीको एकता अझ मजबुत हुने बताए ।
कार्यक्रममा पूर्व उपप्रधानपञ्च राजेन्द्रप्रसाद गुप्ता, सदानन्द ठाकुर, दिनेशकुमार राउत, ध्रुव भगत, देवनारायण साह, गीता मुखिया लगायतका सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर