खबर पूर्वाञ्चल
पार्टीका प्रदेश इन्चार्ज शेरधन राईले विराटनगरमा आयोजित कार्यक्रममा जिल्लास्तरमा छलफल शुरु गरी १ लाख २५ हजारभन्दा एमाले कार्यकर्ता परिचालन गर्ने निर्णय भएको बताए । उनले भने पहिलो चरणमा सबै जिल्लामा छलफल र तयार गरी आन्दोलनको आंधीबेहरी ल्याउने छौं । यसमा प्रदेश भरबाट १ लाख २५ जहारभन्दा कार्यकर्ता उतार्ने छौं । २५ गते भेला सम्पन्न भएपछि जिल्ला सदरमुकाम र प्रदेश राजधानीमा प्रदर्शन गरिने बताए ।
कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका राईले सर्वस्वीकार्य छानबिन आयोग गठन गरेर जेनजी आन्दोलनको क्रममा भएको आगजनी तथा तोडफोडमा संलग्न लाई कार्वाही हुनुपर्ने बताए । उनले पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार आन्दोलनका कार्यक्रम प्रदेश र जिल्ला स्तरमा हुने बताए ।
२०४६ यता नेताका सम्पत्ति छानबिन गर्नुपर्नेमा पार्टी तयार रहेको यसका लागि उच्चस्तरीय छानबिन हुनुपर्ने राईले बताए । उनले भने यस्तो छानबिन मबाटै होस ।ू उनले एमालेमा नयाँ नेतृत्व महाधिवेशनले टुंगो लगाउने बताए । भने सडकबाट माग गरेर नेतृत्व परिवर्तन हुदैन । यसको विधि प्रक्रिया हुन्छ । उनले असंवैधानिक सरकारले चुनाव गराउन नसक्ने र बिघटन गरी संसद पुनर्स्थापित गरी नयाँ सरकार गठन हुनुपर्ने बताए ।
मोरङमा बृहत भेला, तेह्रथुम, सुनसरी, ओखलढुङ्गासहित अन्य जिल्लामा क्रमशः भेला हुने जानकारी दिए ।