animated ellipse animated ellipse

कोशी प्रदेशबाट एसइईमा ८१ हजार ३६० विद्यार्थी सहभागी हुँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ फाल्गुन २०८१, बुधबार १६:०३
45
Shares
विराटनगर / चैत ७ गतेदेखि सुरु हुने यस वर्ष २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कोशी प्रदेशका ८१ हजार ३६० विद्यार्थी सहभागी हुने भएका छन् ।

प्रदेशका १४ जिल्लामा ३७१ परीक्षा केन्द्रहरुबाट ती विद्यार्थीले परीक्षा दिने व्यवस्था गरिएको कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले आज पत्रकार भेटघाट आयोजना गरी साधारण धारतर्फ ७७ हजार ९५७, प्राविधिक धारतर्फ २ हजार ९७७ र खुला परीक्षार्थीतर्फ ४२६ जना गरी ८१ हजार ३६० विद्यार्थी एसइईमा सहभागी हुने जानकारी गराएको हो ।

कोशी प्रदेशमा सञ्चालन हुने एसइई परीक्षामा नियमित तर्फ ७२ हजार ६१३, ग्रेड वृद्धितर्फ ८ हजार ७४७ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।सबैभन्दा धेरै मोरङ जिल्लाको ७० परीक्षा केन्द्रबाट १८ हजार २२१ विद्यार्थीले एसइई परीक्षा दिनेछन् । झापाका ५७ परीक्षा केन्द्रबाट १७ हजार १०३, सुनसरीका ५० परीक्षा केन्द्रबाट १३ हजार ६१३ विद्यार्थी एसइई परीक्षामा सहभागी हुनेछन् ।

कोशी प्रदेशको तेह्रथुम जिल्लाबाट सबैभन्दा थोरै विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । तेह्रथुमका १४ परीक्षा केन्द्रबाट १ हजार १९४ विद्यार्थी एसइई परीक्षामा भाग लिने मन्त्रालयले जनाएको छ । त्यसपछि कम परीक्षार्थी सोलुखुम्बु जिल्लामा छन् । सोलुखुम्बु जिल्लाका १४ परीक्षा केन्द्रबाट १ हजार ७०२ विद्यार्थीले एसइई परीक्षा दिनेछन् । यस्तै ताप्लेजुङको १७ परीक्षा केन्द्रबाट २ हजार २८३, ओखलढुंगाका १७ परीक्षा केन्द्रबाट २ हजार २३१ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

एसइई परीक्षा सञ्चालन हुने ३७१ परीक्षा केन्द्रमा ३७१ केन्द्राध्यक्ष, ५४६ सहायक केन्द्राध्यक्ष, ४ हजार ४५ निरीक्षक, ८०९ परीक्षा सहायक, १ हजार ६१६ सहयोगी गरी जम्मा ७ हजार ३८४ शिक्षक कर्मचारी र ५ हजार ५६५ सुरक्षाकर्मी गरी १२ हजार ९४९ जनशक्ति परिचालन हुनेछन् । सबैभन्दा धेरै झापामा १ हजार ५३३ शिक्षक कर्मचारी र ८५५ प्रहरी सुरक्षाकर्मी परिचालित हुनेछन् । मोरङमा १ हजार ६३२ शिक्षक कर्मचारी र १ हजार ५० सुरक्षाकर्मी गरी २ हजार ६८२ जनशक्ति परिचालन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर