उपचाररत विराटनगरबाट दुई जना कैदीबन्दी फरार

खबर पूर्वाञ्चल, १५ आश्विन २०७९, शनिबार १५:५४
54
Shares
विराटनगर / क्षयरोग निवारण संस्थामा उपचाररत दुई जना कैदीबन्दी फरार भएका छन् ।

उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका कैदी राजकुमार हेमरम र बन्दी मञ्जिल गुरुङ फरार भएका हुन् । दुवै जना जिल्ला कारागार झापामा थिए । क्षयरोग देखिएपछि उन्हिरुलाई विराटनगरस्थित उक्त संस्थामा भर्ना गरिएको थियो ।

क्षयरोग लागेपछि उनीहरु भदौ र असारबाट निवारण संस्थामा भर्ना भएका थिए। जिल्ला कारागार मोरङका निमित्त जेलर तुलसीराम भगतका अनुसार उपचारका क्रममा उनीहरु शनिबार विहान फरार भएका हुन्। उनका अनुसार हेमरम जबरजस्ती करणी मुद्दाका कैदी हुन्। झापा गाउँपालिका–५ का बासिन्दा उनलाई २०७५ सालमा १६ वर्ष कैद सजायको फैसला भएको थियो।

झापा गाउँपालिका ३ का गुरुङ भने लागूऔषध मुद्दामा पूर्पक्षका लागि थुनामा थिए। जिल्ला अदालत झापाले उनलाई २०७८ कात्तिक ५ गते पूर्पक्षका लागि थुनामा पठाएको थियो।

विभागको निर्देशनपछि दुवैको क्षयरोग निवारण संस्थामा राखेर उपचार हुँदै गरेको अवस्थामा फरार भएको उनले जनाए। उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका फरार भएकाहरुको खोजी तीव्र बनाइएको छ।

उनले सुरक्षामा खटिएका प्रहरीमाथि पनि छानबिन भइरहेको बताए। ‘फरार भएकाहरुको खोजी कार्य जारी छ’ उनले भने, ‘ड्युटीमा लापरबाही देखिएकाले आन्तरिक छानविन पनि गरिरहेका छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५