क्लास्सिक टेकले नेपालभरी थप ३ सय फाइबर प्राविधिक कर्मचारी नियुक्त गर्दै

खबर पूर्वाञ्चल, ८ श्रावण २०७९, आईतवार १८:२५
207
Shares
विराटनगर / देश को अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रधायक कम्पनी क्लास्सिक टेकले देशै भरि थप ३ सय नयाँ फाइबर प्राविधिक कर्मचारी नियुक्त गरेको छ ।

वर्षा मौसममा धेरै फाइबर सम्बन्धी समस्या आउने र कर्मचारी पानीको कारणले विधुत पोलमा चडेर काम गर्न नमिल्ने भएकोले ,र बद्हो ग्राहकलाई सुबिधा दिन इतिआर भित्र काम गर्न कम्पनीले यो धेरै संख्यामा कर्मचारी नियुक्त गरेको हो ।

अब क्लास्सिक टेकको १०३ आउटलेटसंगै रहेका आफ्ना प्रयोगकर्ता हरुकोलागी सपोर्टको पहुच बढाएको छ । जसले गर्दा छिटो प्राविधिक सहायता दिन मद्धत पुर्याउने छ भने मर्मतमा लाग्ने समय पनि घटेर छिटो छरितो रुपमा सेवा प्रदान गर्न थप मद्धत पुग्ने कम्पनीको भनाइ रहेको छ । यसका साथै क्लास्सिक टेकले आफ्नो आइपि टिभि पनि अपटेड भर्सन १.१.२ ल्याएको छ । १०० भन्दा बढी इसडि च्यानेल र १०० एचडि च्यानेलहरुमा पनि नयाँ फ्युचर ल्याएको छ ।

यो संगै कम्पनीले आउने दिनमा आफ्नो नेटवर्क नेपालको दुर्गम क्षेत्रमा विस्तार गर्दै जाने र ग्राहकलाई राम्रो इन्टरनेट सस्तोे मूल्यमा दिने रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५