AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

व्यापारीमाथि आक्रमण गर्नेलाई प्रहरीले यसरी समातो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ जेष्ठ २०८०, बिहीबार २०:४१
1.39k
Shares
विराटनगर / विराटनगरको मुख्य बजार ट्राफिक चोकको ग्लोबल बैङ्कभित्र सामान्य विवादलाई लिएर एक जना व्यापारीमाथि आक्रमण गरेको खुलेको छ ।

विराटनगर – १५ घर भएका ३२ वर्षीय राहुलकुमार रायमाथि विराटनगर १२ का दीपेन्द्र कामतले चक्कु प्रहार गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।

ट्राफिक चोकको मुख्य बजारमा उनीमाथि चक्कु प्रहार हुँदा उनको हातमा देब्रे हातमा गहिरो चोट लागेको छ । उनको उपचार विराटनगरस्थित विराट नर्सिङ होममा भइरहेको छ । घाइते रायको जोगबनीमा किराना पसल छ । उनी दिउँसो विराटनगरस्थित ग्लोबल बैङ्कमा आएका थिए । उनीसँगै आक्रमण गर्ने कामत पनि थिए । बैङ्क भित्र कामतले कर्मचारीसँग विवाद गरेका थिए । ‘त्यही बिचमा किन विवाद गरेको भनेर रायले कामतलाई भनेका रहेछन् । बैङ्क भित्र कामतले आँखा तरेर रायलाई हेरे । तलार्इ पख भन्दै बैङ्कबाट बाहिर कामत गए,’ प्रत्यक्षदर्शीले दिएको बयान उद्रित गर्दै मोरङ प्रहरीका डिएसपी दाहालले भने, ‘कामत बाहिर बसेका रहेछन् । ट्राफिक चोक छेउमा पुगेपछि झोलामा बोकेको चक्कु प्रहार गरेको देखिएको छ ।’

पक्राउ परेका कामतलाई प्रहरीले अंगभङ मुद्दामा शुक्रवार म्याद थप गरी अनुसन्धान सुरु गर्ने तयारी गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दाहालले बताए ।

ट्राफिक प्रहरी जवान लोकले लोकबहादुर कार्कीले यसरी समाते आक्रमणकारी
व्यापारी रायलाई आक्रमण गरेपछि राय ट्राफिक चोक हुँदै कलेज रोडतिर फरार भएका थिए । स्थानीयले ‘मान्छे काटेर भागो’ भन्दै होहल्ला गरेपछि जिल्ला ट्राफिक प्रहरी मोरङका ट्राफिक प्रहरी जवान लोकबहादुर कार्की अफिसबाट बाहिर निस्किए । मान्छे काट्ने भागो भन्दै कलेज रोड तिर आक्रमणकारी भागेपछि उनी पनि साथीको बाइकमा चढेर पिछा गरे । हातमा चक्कु, सेतो टिर्सट र विइन स्विटर लगाएका कामत कलेजरोडस्थित होटेल टिफिन अगाडीको किराना पसलभित्रको घरमा छिरे । ट्राफिक प्रहरी कार्कीले पिछा गरे । ‘भाग्दै शौचलालभित्र छिरेपछि उनले चक्कु र विइनस्वीटर शौचालयमा फाले । त्यही भित्रबाट समातेर बाहिर निकालेर सिआरवीको गाडीमा हालेर प्रहरी कार्यालयतिर पढाए,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर