AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विस्तार हुनु संविधानको बर्खीलाप : नेता कोइराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ जेष्ठ २०७८, आईतवार १८:३०
405
Shares
फाइल तस्वीर
विराटनगर / नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले निर्वाचित मिति तोकीसकेपछि सरकार विस्तार हुनु संविधानको बर्खीलाप भएको बताएका छन् ।

विराटनगरस्थित कोइराला निवासमा आज संचारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले आचारसंहिता लागिसकेको अवस्थामा सरकार विस्तार हुनु गलत भएको बताए । संसद् विघटनको मुद्दा विचाराधीन रहेका भन्दै नेता कोइरालाले भने,‘ आफूलाई बचाउनको लागि मात्र ओलीले सरकार विस्तार गरेको हो या निर्वाचन नगर्नको लागि प्रष्ट भएन ।’ संसद् पुनःस्थापना भएर शेरबहादुर देउवा प्रधानमन्त्री भए पनि त्यो सरकारले पनि निर्वाचन नै गर्ने उनले बताए ।

नेता कोइरालाले नेपाल कुनै पनि हालतमा बहुराष्ट्रिय देश हुन नसक्ने बताए । नेपाल बहुजातीय, बहुभाषी, बहुसांस्कृतिक देश हो भन्दै उनले उपप्रधानमन्त्रीको हैसियतमा राजेन्द्र महतोले दिएको अभिव्यक्ति विवादास्पद र स्वीकार गर्नै नसकिने रहेको बताउनुभयो । ओलीले सत्ताकब्जाको अभ्यास गरिरहेको भन्दै कोइरालाले कोरोना वा अन्य कारणले चुनाव गराउन नसक्ने अनि सत्ता टिकाउन कम्बोडियन मोडलमा जान खोजेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर