AArya
RUMPUM
animated ellipse animated ellipse

स्वस्थ शरीरका लागि नियमित योग आवश्यक : मेयर कोइराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० फाल्गुन २०८१, मंगलवार १६:०७
36
Shares
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्वस्थ जीवनका लागि नियमित योग गर्नु आवश्यक रहेको बताएका छन् ।

पतञ्जली योग महानगर समितिले आयोजना गरेको योग शिविरको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले योगका माध्यमबाट धेरै रोग लाग्नबाट बच्न सकिने धारणा राखे । मेयर कोइरालाले भने, ‘नियमित योग गर्दा धेरै किसिमका रोग लाग्नबाट बच्न सकिन्छ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय हो । त्यसका लागि योग गर्नु निकै महत्वपूर्ण छ ।’

मेयर कोइरालाले विद्यालय तहदेखि नै योगका कक्षाहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए । प्रविधिको विकास सँगै मान्छेको जीवनशैलीमा आमूल परिवर्तन आएको चर्चा गर्दै मेयर कोइरालाले भने, ‘राति अबेरसम्म मोबाइल चलाउने र राति ढिलो सुत्ने गरयो भने मान्छेलाई रोगी बनाइरहेको छ । बिहान छिट्टै उठेर नियमित योग गर्ने हो भने हतपत्त रोगले आक्रमण गर्दैन भन्ने मलाई लाग्दछ ।’

पतञ्जली योग समिति र महिला पतञ्जली योग समिति मोरङको समन्वयमा यही फागुन १६ गतेदेखि निःशुल्क योग शिविर सुरु भएको थियो । पाँचदिने योग शिविर आज सम्पन्न भएको हो । शिविर निकै नै फलदायी भएको समितिकी अध्यक्ष शिल्पा प्याकुरेलले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर