सहकारीका कर्मचारीहरुलाई खोप लगाउन माग

खबर पूर्वाञ्चल, १७ असार २०७८, बिहीबार १७:१७

विराटनगर / प्रदेश १ का सहकारी संघले प्रदेशभरीका सहकारी संघ/संस्थामा कार्यरत कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप तत्काल लगाउन माग गरेको छ ।

प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलको नेतृत्वमा गएको सहकारीको प्रतिनीधि मण्डलले आज सामाजिक विकास मन्त्री उषाकला राईलाई मन्त्रालयमा भेट गरि खोप माग गरेको हो ।

मुलुकभर करिव ३० हजारको संख्यामा रहेका सहकारी संघ÷संस्थामा ७५ लाख भन्दा बढी जनता सदस्यका रुपमा आवद्ध गरेर सेवा प्रवाह गरिरहेको सहकारी क्षेत्रलाई सरकारले उच्च प्राथमिक्तामा राख्नु पर्ने उनीहरुको माग छ ।

प्रदेश १ मा करिव ५ हजार सहकारी संघ/संस्थाहरु रहेको र १० लाख भन्दा बढी ब्याक्तिहरु सदस्यका रुपमा आवद्ध रहेको चर्चा गर्दै अध्यक्ष पोखरेलले ती संस्थाहरुमा कार्यरत करिब २२ हजार कर्मचारीहरुलाई तत्काकल खोप लगाउन माग गरे ।

प्रदेश सहकारी संघका तर्फवाट प्रस्तुत ज्ञापनपत्रमा ठूलो संख्यामा रहेका सहकारीका सदस्यहरुदलाई कर्मचारीहरुले जोखिम मोलेर सेवा प्रवाह गर्दै आएको र यो भन्दा कम जनसम्पर्कमा हुने क्षेत्रलाई सरकारले अग्रपंतीको कार्यमा खटिने भनी कोरोना विरुद्धको खोप दिने गरेको तर बढी जनसम्पर्कमा रहेका सहकारीका कर्मचारीहरुलाई यसवाट वन्चित गरिनु अन्याय भएको उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै सामाजिक विकास मन्त्री राईले सहकारीलाई उच्च प्राथमिक्तामा राख्दै कोरोना विरुद्धको खोप तत्काल उपलब्ध गराउन आफुले सक्दो सहयोग गर्ने बाचा गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५