RUMPUM
animated ellipse animated ellipse

ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ माघ २०८०, बुधबार १७:५७
153
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।

विराटनगर वडा नम्बर १८ ले आज आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरेको हो । विराटनगर वडा नम्बर १८ भित्र बसोबास गर्ने ६८ वर्षभन्दा माथिका ३ सय ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको वडाध्यक्ष जितेन्द्र साहले जानकारी दिए ।

कार्यक्रममा मेयर नागेश कोइराला, वडाध्यक्ष जितेन्द्र साहलगायतले सिरक वितरण गरे । सो अवसरमा मेयर कोइरालाले दक्षिणी क्षेत्रको विकासमा महानगरपालिकाले ध्यान दिइरहेको बताए ।

कार्यक्रममा वडा सदस्य महेश मण्डल, सूर्यादेवी यादव, वडासचिव किरण सुवेदी, इलाका प्रहरी कार्यालय वरिष्ठ प्रहरी नायव निरीक्षक विजय बस्नेतलगायतको उपस्थिति रहेको थियो । अत्यधिक चिसो बढेपछि वडा कार्यालयले ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर