एभरेष्ट स्कुलमा दुई दिने अन्तर ‘हाउस’ स्वीमिङ प्रतियोगिता सुरु

खबर पूर्वाञ्चल, १५ भाद्र २०८०, शुक्रबार १८:०२
1.74k
Shares
विराटनगर / विराटनगर महानगरपालिका– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा दुईदिने अन्तर ‘हाउस’ स्वीमिङ प्रतियोगिता सुरु भएको छ।

एभरेष्ट कलेज परिसरमा रहेको स्वीमिङ पुलमा आयोजना गरिएको प्रतियोगितामा विभिन्न हाउसका विद्यार्थीहरुले सहभागिता जनाएका छन् ।

स्कुलका प्रधानाध्यापक टिकाराम पुरीले रिवन काटेर उद्घाटन गरेको प्रतियोगिताको पहिलो दिन विभिन्न इभेन्टमा स्पर्धा भएका छन् । उमेर समूह तथा विधा अनुसार भइरहेको प्रतियोगिता भोलीसम्म सञ्चालन हुने छ ।

आज पहिलो दिन फाइनल भएका तीन स्पर्धाका विजयी मेडल प्राप्त गरेका छन् । जसमा ८ देखि १० बर्ष पुरुष उमेर समूहको ३० मिटरको पौडीमा आरोध्य पाण्डे प्रथम, आश्रय भण्डारी दोस्रो र आरभ घिमिरे तेस्रो भए। त्यस्तै ८ बर्ष मुनि पुरुष उमेर समूहमा भएको ३० मिटरकोे पौडीमा प्रणभ भट्टराई प्रथम, सौराज नेपाल दोस्रो र रञ्‍जित साहले तेस्रो स्थान हासिल गरे। २०० मिटर फ्रि स्टाइलमा साइरस मिश्र प्रथम, इमोन लामा दोस्रो र धावा तामाङले तेस्रो स्थान हासिल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५