AArya
animated ellipse animated ellipse

कोभिड–१९ बाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ४० हजार नजिक, सबैभन्दा धेरै अमेरिकामा ६५ हजार ७ सय ७६ जनाको मुत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० बैशाख २०७७, शनिबार ०८:५६
3
Shares
विराटनगर / विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या २ लाख ४० हजार नजिक पुगेको छ ।

पछिल्लो तथ्याङकअनुसार कोरोनाको संक्रमणका कारण आज बिहानसम्म कोरोनाका कारण २ लाख ३९ हजार ६ सय २ जनाको ज्यान गएको हो । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ३४ लाख १ हजार १ सय रहेको छ भने संक्रमितमध्ये हालसम्म १० लाख ८१ हजार ५ सय २२ जना भएर घर फर्किसकेका छन् । यसमध्ये ५१ हजार ३ सयको अवस्था गम्भीर रहेको छ बाँकीको मध्यम रहेको छ ।

सबैभन्दा धेरै अमेरिकामा ६५ हजार ७ सय ७६ जनाले कोरोना संक्रमणका कारण ज्यान गएको छ भने संक्रमितको संख्या ११ लाख ३१ हजार ४ सय ५२ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये १ लाख ६१ हजार ५ सय ६३ जना उपचारपछि निको भएका छन् ।

इटालीमा २ लाख ७ हजार ४ सय २८ कुल संक्रमित भएका छन् भने २८ हजार २ सय ३६ जनाको मृत्यु भएको छ । यसैबीच ७८ हजार २ सय ४९ निको भएर फर्किएका छन् । बेलायतमा अहिलेसम्म १ लाख ७७ हजार ४ सय ५४ कुल संक्रमित भएका छन् भने २७ हजार ५ सय १० जनाको मृत्यु भएको छ ।

स्पेनमा २ लाख ४२ हजार ९ सय ८८ कुल संक्रमित भएका छन् भने २४ हजार ८ सय २४ जनाको मृत्यु भएको छ । यसैबीच १ लाख ४२ हजार ४ सय ५० जना निको भएर फर्किएका छन् । फ्रान्समा १ लाख ६७ हजार ३ सय ४६ कुल संक्रमित भएका छन् भने २४ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ । यसैबीच ५० हजार २१२ जना निको भएर फर्किएका छन् ।

नेपालमा भने कोरोना संक्रमणका कारण आजसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन । ५९ जनामा संक्रमण देखिएमा १६ जना निको भएर घर फर्किसकेका छन् । उपचाररतको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर