प्रदेश १ मा ७६३ जना संक्रमण पुष्टि,विराटनगरमा थपिए १३३ संक्रमित

खबर पूर्वाञ्चल, ९ जेष्ठ २०७८, आईतवार १८:५७

विराटनगर/ प्रदेश १ मा आज थप ७६३ जना कोरोना संक्रमिण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५१ हजार २३१ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या १८ हजार १११ पुगेको छ । आज थप ९३ जना संक्रमणमुक्त भएसँगै ३२ हजार ३६० जना संक्रमणमुक्त भएका छन् ।

मोरङमा ३९८, सुनसरीमा ११४, झापामा १०६, उदयपुरमा ६४, ताप्लेजुङमा १३, धनकुटामा ६, इलाममा ५, खोटाङ र पाँचथरमा ३–३, रभोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४९जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ९४ महिला र १३३ पुरुष सहित २२७, सुन्दरहरैचामा ७६, पथरीशनिश्चरेमा २५, उर्लाबारीमा २१, बेलबारीमा १०, कटहरीमा ९, जहदामा ५, लेटाङमा ४, सुनबर्षी, कानेपोखरी र मिक्लाजुङमा ३–३, केराबारी, रंगेली, धनपालथान, बुढीगंगा र ग्रामथानमा २–२ , रतुवामाई र स्थानीयतहनखुलेका १–१, सुनसरीको इटहरीमा ४४, बर्जुमा ३०, इनरुवामा ११, धरानमा ८, दुहवीमा७, बराहक्षेत्रमा ३, गढी र हरिनगरमा२–२, देवानगञ्ज, रामधुनी, भोक्राहानरसिंहमा १–१, स्थानीयतहनखुलेका ४, झापाको विर्तामोडमा ३३, कनकाईमा १६, अर्जुनधारामा १४, भद्रपुरमा १२, हल्दिबारी र मेचीनगरमा७–७, बुद्धशान्तिमा ५,शिवसताक्षीमा ४,गौरीगञ्जमा ३, गौरादहमा २, बा¥हदशी, झापागाउँपालिका र स्थानीयतहनखुलेका १–१ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको कटारीमा ५७, त्रियुगामा ४,चौदण्डीगढीमा २, बेलकामा १, ताप्लेजुङको मिक्वाखोलामा७, श्रीजंगामा ४, मेरिङदेन र स्थानीयतहनखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, छथरमा २, शहिदभूमी र महालक्ष्मीमा १–१, इलामको इलामनगरपालिकामा ३, रोङ र देउमाईमा १–१, खोटाङको दिप्रुङचुईचुम्मा, खोटेहाङ र स्थानीयतहनखुलेका १–१, पाँचथरको फिदिममा ३, भोजपुरमा१ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५