ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

हिसान खेल : पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ माघ २०८१, बुधबार १७:०५
216
Shares
विराटनगर / उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा मोडर्न एरा स्कुलले ग्रिनल्याण्ड कलेजलाई १–० को गोल अन्तरले पराजित गरेको छ । एक मात्र निणांयक गोल मोडनै एराका अविशेक मगरले गरेका थिए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा सगरमाथा कलेजले नेशनल एकाडेमीलाई ४–० गोलको अन्तरले पराजित गरेको छ । सगरमाथाका प्लेयर अफ द म्याच सोसेहाङ लिम्बु, प्रशान्त राई, साइमन बस्नेत र महमद स्यामुलले १–१ गोल गरे ।

तेस्रो खेलमा होलीचाइल्ड कलेज उर्लाबारीले विराटनगरको भानु कलेजलाई ३–० को गोल अन्तरले पराजित गरेको छ । उर्लाबारीको जितमा अविशेक मगरले २ गोल र उदय भुजेलले १ गो गरे । भुजेल खेलको प्लेयर अफ द म्याच घोषित भए ।

विहिबारदेखि वैजनाथपुर क्रिकेट मैदानमा क्रिकेटका खेलहरु हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर