ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

‘फ्लायर्स फिल्म अवार्ड’ विराटनगरमा वितरण गरिदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ फाल्गुन २०७९, बुधबार १७:२१
252
Shares
विराटनगर / विराटनगरमा पहिलो पटक ‘फ्लायर्स फिल्म अवार्ड २०७९’ वितरण गरिने भएको छ ।

ओजस फिल्म एण्ड इन्टरटेन्मेन्ट प्रालिले २३ विधामा दिन लागेको अवार्ड वितरण कार्यक्रम चैत २५ गते विराटनगरमा हुन लागेको हो ।

विराटनगरमा पत्रकार सम्मेलन गरी विराटनगरस्थित जैन भवनमा फिल्मी अवार्ड कार्यक्रम आयोजना गरिने जानकारी गराएको छ ।

तीन वर्ष भित्र बनेका फिल्महरुलाई समावेश गरी विभिन्न २३ वटा विधामा अवार्ड प्रदान गरिने आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजवंशीले जानकारी दिए । बेस्ट हिरो, बेस्ट हिरोइन, बेस्ट डिरेक्टर, बेस्ट म्यूजिक डिरेक्टर, बेस्ट एक्सन डिरेक्टर, बेस्ट कोरियोग्राफर, बेस्ट सिनेमाटोग्राफी, बेस्ट डेब्यु मेल हिरो, बेस्ट डेब्यु फिमेल हिरोईन, पब्लिक च्वाइस बेस्ट हिरो अवार्ड, पब्लिक च्वाइस बेस्ट हिरोईन अवार्ड र जुरि अवार्ड लगायत २३ वटा विधामा अर्वाड वितरण गरिनेछ ।

प्रदेश १ का प्रमुख सबै जातजातीको मौलिक संस्कृति,भेषभूषा, संस्कार तथा पहिचान झल्काउने विभिन्न गीत तथा नृत्यका साथै दर्जनौँ बढी कलाकारद्धारा विशेष प्रस्तुती पनि रहने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर