animated ellipse animated ellipse

प्याब्सन मोरङको अध्यक्षमा प्रेमलालसिंह सुवाल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ फाल्गुन २०७९, सोमबार १९:०८
414
Shares
विराटनगर / निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा प्रेमलालसिंह सुवाल चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष रहेका सुवाल सोमबार अध्यक्षमा चयन भएका हुन् ।

नवनियुक्त अध्यक्ष सुवालले आज प्याब्सन मोरङको कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण प्यब्सनका केन्द्रीय उपाध्यक्ष राजेश कुमार दासले गराएका थिए ।

२०७८ पुस ४ गते विराटनगरमा सम्पन्न भएको प्याब्सन मोरङको १५ औं जिल्ला अधिवेशनबाट सीतला सुब्बा अध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । त्यसबेला सुब्बा र सुवालबीच आधा÷आधा कार्यकाल अध्यक्षको नेतृत्व गर्ने भद्र सहमति भएको थियो । सोही सहमति अनुसार सुवाल अध्यक्षमा चयन भएका हुन् । सुवालको कार्यकाल ढेड वर्ष रहनेछ ।

प्याब्सन मोरङको विभिन्न पदहरुमा रहेर काम गरेका सुवालसँग अनुभव रहेको छ ।

अध्यक्षमा चयन भएका सुवाल विराटनगरस्थित ग्रेडेड स्कुलका प्रिन्सिपल पनि हुन् । नवनियुक्त अध्यक्ष सुवालले निजी विद्यालयको हकहितमा लागि पर्ने बताए । निजी विद्यालयहरूको संस्थागत विकास र हकहितमा सधै क्रियाशिल भएर लागि पर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर