AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको मेयरमा उम्मेदवार सत्ता गठबन्धनबाट नागेश कोइराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ बैशाख २०७९, सोमबार ११:४९
990
Shares
विराटनगर / नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई मेयरको टिकट दिएका हुन् ।

नागेश भने डा. शेखर कोइराला निकट हुन् । कोइरालाको गृहनगर विराटनगर महानगरपालिकाबाट कांग्रेसले मेयरको उम्मेदवारका लागि वर्तमान मेयर भीम पराजुली, केन्द्रीय सदस्यद्धय अमृत अर्याल र डा.डिला संग्रौलाको पनि दाबेदारी थियो ।

अर्याल र संग्रौला देउवा समूहका हुन भने पराजुलीलाई कृष्ण सिटौलाको साथ थियो ।

पाँच दलीय गठबन्धनको निर्णय अनुसार विराटनगरको प्रमुख नेपाली कांग्रेस र उपप्रमुख जनता समाजवादी पार्टीले लिनेछन् । कांग्रेसले उम्मेद्वारको टुंगो लगाएपनि जसपाले टुंगो लगाएको छैन ।

कांग्रेसले प्रमुखका लागि संस्थापनइतर समूहका नेता डाक्टर शेखर कोइरालाको पहलमा नागेशले टिकट पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर