पूर्वाञ्चल खबर
आज स्कुलमा एक कार्यक्रमको आयोजना गरेर उनीहरुले सफत लिएका हुन् । शैक्षिक वर्ष २०८० का लागी कक्षा – ९ का विद्यार्थीहरुबाट स्कुल क्याप्टेन र हाउस क्याप्टेन छनौट गएिको थियो । छनौट भएका विद्यार्थीहरुलाई आ–आफ्नो हाउसका शिक्षकहरुले सम्वन्धित हाउसको ब्यानर तथा पूर्व हाउस क्याप्टेनहरुले झण्डा प्रदान गरेका थिए ।
स्कुलका प्राचार्य मणीराज भट्टराईले छनौट भएका क्याप्टेनहरुलाई खादा ओडाएर सम्मान गर्दै ब्याज तथा पोशाक वितरण गरी सपथ ग्रहण गराए । सोही क्रममा, शैक्षिक सत्र २०७९ का मनिटरहरु मध्येबाट उत्कृष्ट मनिटरको सम्मान स्वरुप प्रदान गरिएको मायाको चिनो कक्षा १० ख का मनिटर छात्र हेडेन मण्डलले प्राप्त गरेका थिए ।
प्राचार्यले सपथ ग्रहण गराउने व्रmममा छनौट भएका क्याप्टेन विद्यार्थीहरुले विद्यालयलाई उचाइमा पु¥याउन आफुहरु मिलेर मान्यजनको साथ लिई जुनसुकै काम गर्न पनि पछि नहट्ने बाचा गरेका थिए ।
उक्त कार्यव्रmमको उद्धोषण स्कुलका संचालक एव आइसिसि प्यानेल एम्पायर बुद्वीबहादुर प्रधानले गरेका थिए ।