खबर पूर्वाञ्चल
नेपालमा यसअघि कुटिर उद्योगका रुपमा पश्चिम नेपालमा कोदोको बिस्कुट उत्पादन भएको थियो । तर, एसियन बिस्कुटले उद्योग लेभलबाटै कोदोको बिस्कुट बजारमा ल्याएको हो । कोदो खासगरेर सुगर, प्रेसका विरामीलाई निकै लाभदायक पौष्टिक आहारा मानिन्छ ।
‘देशभर बजार विस्तारको उद्देश्य राखेर हामीले धेरै अध्ययनपछि कोदोको बिस्कुट बजारमा ल्याएका हौं’ एसियन बिस्कुटका प्रबन्ध निर्देशक महेश जाजुले भने, ‘कोदो नेपालको मौलिक खानेकुरा हो, यो विभिन्न रोग लागेकालाई समेत उपयोगी हुने हाम्रो निश्कर्ष हो ।’
बिस्कुटलाई सुगन्धमय बनाउन इलामको अलैचीको प्रयोग गरिएको छ । ‘हामीले आफ्नै उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने कोसिस गरेका हौं’ उनले थपे । खासगरेर मधुमेह, प्रेसरका रोगीलाई यो बिस्कुट प्रभावकारी हुने ठानिएको छ । बिस्कुट महङ्गो छैन र, २५ रुपैयाँमात्र मूल्य कायम गरिएको छ ।
प्रबन्ध निर्देशक जाजुले कोदोको बिस्कुट भारत निकासी गर्ने प्रक्रिया अघि बढेको बताए । ‘भारतबाट धेरै डिमाण्ड आएको छ’ उनले भने, ‘नेपालमै पनि ७७ जिल्लाबाट चासो बढेको छ, हामीले उत्पादन गर्न सकिरहेका छैनौ ।’ भारतमा कोदो भन्दा थाहा हुँदैन र, यसलाई नयाँ नामाकरण गरिएको जाजुले बताए ।
एसियनले आफ्ना विभिन्न गुणस्तरीय बिस्कुट भारत, अमेरिका, अष्ट्रेलिया र खाडी देशहरूमा निकासी गरिरहेको छ । एसियनका उत्पादन स्वीट्, स्वीट एण्ड साल्टी, साल्टेड, सुगर फ्रि, पोटेटो, कुकिज, डाइजेस्टिमलगायतका बिस्कुट लोकप्रिय छन् । कन्फेक्सनरीकै उत्पादन इमली बमको माग त यति धेरै छ यसको मागलाई उद्योगले थेग्नै सकेको छैन ।
तपाईको प्रतिक्रिया